देश

पोखरा विमानस्थल मुद्दामा पूर्वमन्त्री भीम आचार्य धरौटीमा रिहा

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री तथा नेकपा एमालेका नेता भीम आचार्य धरौटी बुझाएर रिहा भएका छन्।

सोमबार विशेष अदालतमा उपस्थित भएका आचार्यसँग इजलासले २ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावलउमेश कोइराला सम्मिलित इजलासको आदेशअनुसार तोकिएको रकम बुझाएपछि उनी रिहा भएका हुन्।

अदालतका अनुसार आचार्यले तोकिएको धरौटी रकम बुझाएर कानुनी प्रक्रियाअनुसार बाहिरिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले आचार्यमाथि पर्यटनमन्त्री रहँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत अस्वाभाविक रूपमा बढाई अनियमितता गरेको आरोप लगाएको छ। सोही आरोपमा आयोगले गत मंसिर २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उक्त प्रकरणमा अन्य व्यक्तिहरू पनि अनुसन्धानको दायरामा रहेकाले अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *