देश

स्वास्थ्यमन्त्रीको गुनासो, बजेट अभावले थलिँदै सरकारी अस्पताल

काठमाडौं । पदबाट बिदा हुने तयारीमा रहेकी स्वास्थ्यमन्त्री सुधा गौतम शर्माले आफ्नो कार्यकालको अनुभव सुनाउँदै सरकारी अस्पतालहरू गम्भीर संकटमा परेको बताएकी छन्। उनले विशेषगरी अर्थ मन्त्रालयबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्दै स्वास्थ्य क्षेत्र उपेक्षामा परेको टिप्पणी गरिन्।

बिदाइका अवसरमा आयोजित कार्यक्रममा उनले अस्पताल सञ्चालनका लागि आवश्यक न्यूनतम बजेटसमेत प्राप्त गर्न नसकिएको उल्लेख गरिन्। मन्त्रालयले करिब सात अर्ब रुपैयाँ बजेट माग गरे पनि अर्थ मन्त्रालयबाट एक अर्ब मात्रै उपलब्ध गराइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्। “बाँकी रकम दिने प्रतिबद्धता पनि पूरा भएन,” उनले भनिन्।

उनका अनुसार बजेट अभावकै कारण देशभरका सरकारी अस्पतालमा सेवा प्रवाह प्रभावित भइरहेको छ। आवश्यक औषधि, उपकरण र जनशक्ति व्यवस्थापनमा समस्या बढ्दै गएको उनको भनाइ छ। कार्यकाल समापनका क्रममा मन्त्री शर्माले आगामी नेतृत्वलाई स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव दिँदै बजेट सुनिश्चितता बिना सुधार सम्भव नहुने स्पष्ट पारिन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *