देश

गगन थापा पारिवारिक भ्रमणपछि काठमाडौं फर्किए, सभापतिका आसन खाली

काठमाडौँ ।नेपाली कांग्रेसका सभापति गगन थापा तीन दिनको पारिवारिक भ्रमण सकेर राजधानी फर्किएका छन्। उनी केही दिनअघि परिवारसहित पोखरा भ्रमणमा गएका थिए।

थापाले यसअघि सभापति पदबाट राजीनामा दिएका थिए। राजीनामासम्बन्धी निर्णय लिनका लागि केन्द्रीय कार्यसमितिको बैठक बसेको भए पनि थापा बैठकमा सहभागी नभएका छन्। बैठकमा सभापतिका लागि राखिएको आसन खाली रहेको छ।

थापा परिवारसहित चढेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेको जानकारी प्राप्त भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *