देश

आतंकवाद सूचकांकमा नेपालको सुधार, ८९ औं स्थानमा उक्लिँदै सुरक्षा अवस्था मजबुत

काठमाडौं । विश्वव्यापी आतंकवाद सम्बन्धी नयाँ प्रतिवेदनअनुसार नेपालले आफ्नो सुरक्षा अवस्थालाई उल्लेख्य रूपमा सुधार गरेको देखिएको छ।   ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’द्वारा सार्वजनिक सन् २०२६ को सूचीमा नेपाल ८९ औं स्थानमा पुगेको हो। अघिल्लो वर्ष सन् २०२५ मा ६८ औं स्थानमा रहेको नेपाल यस वर्ष तल झर्दै ८९ औं स्थानमा पुगेको छ, जसले देशमा आतंकवादी गतिविधि घटेको संकेत गर्छ। प्रतिवेदन अनुसार नेपालमा पछिल्लो एक वर्षमा कुनै उल्लेखनीय आतंकवादी घटना दर्ता भएको छैन।

सूचीमा पाकिस्तान  सबैभन्दा बढी प्रभावित देशका रूपमा पहिलो स्थानमा रहेको छ भने  भारत १३ औं स्थानमा छ। भारतमा आतंकवादी घटनामा ४३ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ।त्यस्तै, अफ्गानिस्तान,११ औं, म्यानमार,१४ औं र बंगलादेश४२ औं स्थानमा रहेका छन्।  भुटान र  श्रीलङ्का भने आतंकवादी गतिविधि शून्य भएका मुलुकको सूचीमा परेका छन्।

प्रतिवेदनले दक्षिण एसियालाई लगातार दश वर्षदेखि आतंकवादबाट सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा देखाएको छ। यस वर्ष पहिलो पटक पाकिस्तान शीर्ष स्थानमा पुगेको हो भने अफगानिस्तानको अवस्था सुधार हुँदै शीर्ष १० बाट बाहिरिएको छ। विश्वव्यापी रूपमा हेर्दा सन् २०२५ मा आतंकवादका कारण हुने मृत्युमा २८ प्रतिशतले कमी आएको छ भने आक्रमणको संख्या पनि घटेको छ। यद्यपि, पश्चिमी मुलुकहरूमा भने आतंकवादसँग सम्बन्धित मृत्युमा वृद्धि देखिएको प्रतिवेदनले औंल्याएको छ।

विशेषगरी युरोपेली देशहरूमा आतंकवादी गतिविधि बढ्दै गएको देखिएको छ, जहाँ FranceGermany जस्ता मुलुकमा आक्रमणका घटनाहरू दर्ता भएका छन्। साथै, United Kingdom मा मात्रै हजारौं व्यक्तिलाई आतंकवादसँग सम्बन्धित आरोपमा पक्राउ गरिएको उल्लेख गरिएको छ। समग्रमा, नेपालको सुधारले देशको आन्तरिक सुरक्षा सुदृढ बन्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *