पाल्पा । पाल्पामा गएराति भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।
माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले जानकारी दिए।
यसअघि अर्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको थियो।
शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेको थियो।




