देश

कार्यशैली नसुधारे एमाले ‘स्कुटरको सिटमा अट्ने’ अवस्थामा पुग्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले समग्र चुनावी समीक्षा गर्दै कार्यशैली परिवर्तन नगरे आगामी दिनमा पार्टीको अवस्था झन् कमजोर हुने चेतावनी दिएका छन्।बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेले कार्यशैली सुधार गरेर अघि बढ्नुको विकल्प नभएको बताए।

उनले भने, “हामीले झन्डै १७४ सिट जित्दा ठूलो उपलब्धि हासिल गरेका थियौँ। तर त्यसलाई जोगाउन सकेनौँ। पहिले एमालेका कार्यकर्ता ३/४ वटा बसमा आउँथे। ७८ सिट हुँदा एउटा बसमा सीमित भयौँ, अहिले माइक्रोबसमा झरेका छौँ। यदि समयमै सुधार नगर्ने हो भने भोलि स्कुटरको सिटमै अट्ने अवस्था आउन सक्छ।”

उनले पार्टी जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने र समग्र कार्यशैली परिवर्तन गर्नुपर्ने बताए।

पाण्डेले कमजोरीप्रति निर्मम बन्नुपर्ने आवश्यकता पनि औंल्याए। उनले भने, “कमजोरीप्रति निर्मम बन्न सके मात्र सही बाटो पहिल्याउन सक्छौँ। अन्यथा सामूहिक मलामी जाने दिन पनि आउन सक्छ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *