विश्व

इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग

बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि आफ्ना सैन्य अड्डाहरू प्रयोग गर्न अनुमति दिएको छ । यसबारे डाउनिङ स्ट्रिटले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा जानकारी दिएको हो ।

वक्तव्यअनुसार हर्मुज क्षेत्रमा जहाजहरूलाई लक्षित गरी भइरहेका आक्रमणमा प्रयोग भएका मिसाइल स्थल र क्षमताहरू कमजोर बनाउन यस्तो कदम चालिएको हो । साथै बेलायतले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय जल यातायात सुरक्षित गर्ने योजना बनाइरहेको जनाएको छ ।

यद्यपि, बेलायतले आफू ‘ठूलो द्वन्द्वमा तानिन नचाहेको’ स्पष्ट पारेको छ ।यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले शुक्रबार बेलायती समकक्षीलाई चेतावनी दिँदै अमेरिका र इजरायलको इरानविरुद्धको आक्रमणमा सहयोग नगर्न आग्रह गर्नुभएको छ । उहाँले यस्तो सहयोगले क्षेत्रीय तनाव थप चर्काउने बताउनुभयो ।

गत फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा तेहरान सहित इरानका विभिन्न सहरहरूमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा अली खामेनेई सहित उच्च सैन्य अधिकारी र सर्वसाधारणको मृत्यु भएको थियो ।
त्यसपछि इरानले जवाफस्वरूप इजरायल र मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमणहरू गरेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *