दक्षिण कोरियामा शुक्रबार एक कारका पाट्र्स उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १४ जना बेपत्ता भएका छन् भने २१ जना गम्भीर घाइते भएका छन् ।
स्थानीय समयअनुसार दिउँसो करिब १ बजे आगलागी भएको हो । आगो नियन्त्रण बाहिर जान थालेपछि स्थानीय सरकारले धान्न नसक्ने स्तरको आपतकालीन आदेश जारी गरेको समाचार एजेन्सीहरूले जनाएका छन् ।
अधिकारीहरूका अनुसार कुल करिब ४५ जना घाइते भएका छन्, जसमध्ये २१ जनाको अवस्था गम्भीर रहेको छ । साथै १४ जना अझै सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको बताइएको छ ।
आगलागीको कारणबारे हालसम्म कुनै स्पष्ट जानकारी आएको छैन ।दक्षिण कोरियाली सरकारले उद्धार कार्यलाई तीव्र बनाउन आवश्यक सबै जनशक्ति र उपकरण परिचालन गर्न निर्देशन दिएको छ ।




