काठमाडौँ । मध्यपूर्वका विभिन्न देशमा अहिलेसम्म २० नेपाली घाइते भएका छन्।
परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ कि इरान–इजरायल द्वन्द्वका कारण अहिलेसम्म एक जनाको मृत्यु भइसकेको र २० जना घाइते भएका छन्। घाइतेमध्ये १९ जनाले उपचारपछि फर्किसकेका छन् भने एकजनाको उपचार जारी रहेको मन्त्रालयले जनाएको छ। उपचारत व्यक्ति सामान्य घाइते रहेको बताइएको छ।
त्यस्तै, मध्यपूर्वका विभिन्न देशमा सामाजिक सञ्जालमा निषेधित सामग्री शेयर गरेको आरोपमा ७ नेपाली पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूलाई सम्बन्धित देशको कानुनअनुसार कारबाही हुने सम्भावना रहेको छ, जसमा एक वर्षको जेल सजाय, नगद जरिवाना र डिपोर्टसम्म हुनसक्ने उल्लेख गरिएको छ।
मन्त्रालयले मध्यपूर्वका देशहरूले युद्धबारे सामाजिक सञ्जालमा लेख्न कडा प्रतिबन्ध लगाएको कारण त्यसो नगर्न सबैलाई सचेत गराएको छ।
परराष्ट्र मन्त्रालयले अहिलेसम्म मध्यपूर्वमा कुनै नेपाली नागरिक अलपत्र नरहेको पनि स्पष्ट पारेको छ।




