देश

राष्ट्रपतिसँग कांग्रेस नेताको भेट : वर्तमान राजनीतिक अवस्था र भूमिकामाथि छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा शिष्टाचार भेट गरेका छन्। आज भएको उक्त भेटमा देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको जनाइएको छ। नेता महरले हालको जटिल राजनीतिक परिस्थितिमा राष्ट्रपतिले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद व्यक्त गरेका छन्।

उनका अनुसार निर्वाचनसम्मको संक्रमणकालीन अवस्थालाई सहज बनाउने क्रममा राष्ट्रपतिले अभिभावकीय भूमिका खेलेको विषयमा पनि कुराकानी भएको थियो। भेटपछि सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय राजनीतिका विविध विषयमा विचार आदान–प्रदान भएको जानकारी दिएका छन्। हाल देशको राजनीतिक परिवेश संवेदनशील भइरहेका बेला शीर्ष तहमा भइरहेको यस्ता भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *