काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ।
बैठकमा सभापतिबाट राजीनामा दिएका गगन थापा भने अनुपस्थित रहेका छन्। केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ।
आजको बैठकको सभापतित्व उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन्। बैठकमा सभापति थापाले दिएको राजीनामाबारे छलफल हुने र राजीनामा अस्वीकृत गर्ने तयारी रहेको यसअघि नै उपसभापति शर्माले बताइसकेका छन्।
निर्वाचनमा भएको हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले राजीनामा दिएका थिए।




