देश

जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले जानकी मन्दिरमा पूजा अर्चना गरेकी छन् ।

अन्तरिम सरकारको नेतृत्व गरेपछि जनकपुरधाम पहिलो पटक गएकी प्रधानमन्त्री कार्की जानकी मन्दिर पुगेर पूजा अर्चना गरेकी हुन् ।

जनकपुरधाम विमान स्थलबाट जानकी मन्दिर पुगेकी प्रधानमन्त्री कार्कीले पूजा अर्चना पश्चात् मन्दिरका महन्थ तथा पुजारीहरूसँग समेत भेटघाट गरिन् ।

पूजा पश्चात् उनले जनकपुरधाम भ्रमण उपलब्धिमूलक रहेको जानकारी दिइन् । उनले आफू राजनीति गर्ने मान्छे नभएको र धार्मिक प्रयोजनका लागि मात्रै जनकपुरधाम आइपुगेको बताइन् ।

जनकपुरधामबाट उनी महोत्तरी जाने कार्यक्रम रहेको छ । उनले महोत्तरीको गौशालामा रहेको निगौल गाई गौशालाको निरीक्षण गर्नेछिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *