देश

रास्वपामा सर्वसम्मत नेतृत्व: बालेन शाह संसदीय दलको नेता बन्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता चयनका लागि मतदान नगर्ने निर्णय गरेको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार शीर्ष नेताहरूबीच भएको छलफलपछि सहमतिमै नेतृत्व चयन गर्ने निष्कर्ष निकालिएको हो।

उनका अनुसार निर्वाचित सबै सांसदहरूको सहमतिमा संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरिनेछ।सोही सहमतिअनुसार पार्टीका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेताका रूपमा अघि सारिएको छ।

उक्त निर्णयलाई औपचारिकता दिन आगामी १२ गतेतिर केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *