काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनाल मन्त्रालयका काममा सहभागी नहुने भएका छन् । मन्त्री खनालले शुक्रबार सामाजिक संजालमार्फत आफू आजदेखि मन्त्रालय नजाने जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘आजदेखि कुलिङ पिरियड सुरु भयो। अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस् ।’ निर्वाचनको आयोगले मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस गरेको थियो । त्योसँगे मन्त्री खनालले मन्त्रालयको दैनिक काममा सहभागी नहुने घोषणा गरेका हुन् ।




