विश्व

इरान–इजरायल तनाव चर्कियो, ग्यास क्षेत्रमा आक्रमणपछि प्रतिकार र तेल मूल्य वृद्धि

काठमाडौं। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानी ग्यास क्षेत्रमा इजरायललेमात्रै कारबाही गरेको दाबी गरेका छन्।

इजरायलले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रको एक भाग इरानको दक्षिण पार्समा आक्रमण ग¥यो र तेहरानले कतारमा रहेको ऊर्जा परिसर र खाडीमा रहेका अन्य ऊर्जा लक्ष्यहरूमा आक्रमण गरेर बदला लिएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै, इजरायली नेताले ट्रम्पले अब यस्ता आक्रमण नगर्न अनुरोध गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चामरमाध्यमहरुले बताएका छन्।

यसअघि बिहीबार रोयटर्स समाचार एजेन्सीले तीनजना नाम नखुलाउने इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै भनेको थियो कि साउथ पार्समा भएको आक्रमण पहिले नै अमेरिकासँग समन्वय गरिएको थियो।

नेतान्याहूले आफ्नो देशले अमेरिकालाई युद्धमा तानेको वा ट्रम्पलाई भ्रमित गरेको भन्ने कुरा अस्वीकार गरेका थिए।

इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो पूर्वाधारमा फेरि प्रहार भए इरानले ‘शून्य संयम’ देखाउने बताएका छन्। आक्रमणका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *