देश

राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दल नेता चयन गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्वसम्मत रूपमा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई संसदीय दल नेता चयन गर्ने निर्णय गरेको हाे ।संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता र प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको हो ।

पार्टीका प्रवक्तासमेत रहेका शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

राप्रपाले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ गरी कूल ५ सिट जितेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *