विश्व

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा १७ जनाको मृत्यु भएको चाडका सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गासिम चेरिफ महामतले बिहीबार विज्ञप्ति मार्फत बताउनु भएको छ ।

बुधबार भएको आक्रमणमा अन्य मानिसहरु घाइते भएकासमेत प्रवक्ता महामतले बताउनु भएको छ ।

सुडानी द्वन्द्वका कारण दुई देशबीचको सीमा बन्द गर्ने कडा चेतावनीको बावजुद, चाडको क्षेत्रमा रहेको टिने जागराबाको इलाकामा ड्रोन आक्रमणको लक्ष्य बनेको उहाँले बताउनु भएको छ ।

सुडानी इलाकामा सरकारले रक्षा तथा सुरक्षा व्यवस्थालाई बलियो बनाएको जनाउदै अन्तर्राष्ट्रिय कानूनको कडा अनुपालन गरेको महामतले बताउनु भएको छ ।

चाडका राष्ट्रपति महामत इद्रिस डेबी इट्नोले विज्ञप्ति जारी गर्दै घातक ड्रोन आक्रमण पछि आपतकालीन सुरक्षा बैठक बोलाएर सीमालाई “पूर्ण रूपमा बन्द“ गर्ने आदेश दिनु भएको छ । यसै बीच उहाँले सेनालाई सुडानबाट हुने कुनै पनि आक्रमणको जवाफ दिन आदेश दिनु भएको छ ।

चाड र सुडानवीचको एक हजार ३०० किलोमिटर झरझरा सीमा क्षेत्र सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बलहरू बिचको लडाइँ पछि सन् २०२३ देखि निरन्तरको द्वन्द्वको मारमा परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *