काठमाडौँ । सिंहदरबारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सुरु भएको छ। संघीय संसद् सचिवालयको आयोजनामा बैठक सुरु भएको हो।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच दलका प्रतिनिधिहरू सहभागी छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि भने सहभागी छैनन्।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसका मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गुरु बराल र नेपाल कम्युनिष्ट पार्टीका रमेश मल्ललगायत नेताहरू सहभागी छन्।




