देश

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी । गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन् । बेनीमा रहेको एकिकृत सेवा कार्यालय मार्फत सञ्चालित ती योजनाहरुका लागि प्रदेश सरकारले रु. एक करोड ४० लाख बजेट बिनियोजन गरेको छ । तीन वटा योजना सम्पन्न भइसकेका कार्यालयका नायव सुब्बा सुवास सुवेदीले जानकारी दिए।

बाँकी योजनाहरुको सर्वेक्षण, डिजाइन (नक्साङकन), लागत अनुमान तयार, सम्झौता र कार्यान्वयनको चरणमा रहेका छन् । रु. पाँच/पाँच लाख बजेट बिनियोजन भएको बेनपा–९ को ढाडा पधेरा आरोटा, पाखाथर र रघुगंगा गाउँपालिका–३ को गलेश्वर–बगैचा पदमार्ग निर्माण सम्पन्न भएको हो ।

मालिका गाउँपालिका–७ मा प्रभुचेला ध्यानाश्रम, बिम–डाडागाउँ पदमार्गलाई रु. १०/१० लाख, मालिका –३ को लामखोरिया–डाडागाउँ र मालिका–४ को गौखोरे–मतौका पदमार्गलाई रु. छ/छ लाख बिनियोजन भएको छ । रु. पाँच लाख बजेट बिनियोजन भएको अन्नपूर्ण गाउँपालिका–४ को नारच्याङ झरना पर्यटन पूर्वाधार निर्माण योजना पनि सम्पन्न भएको छ ।

रु. १० लाख बजेट बिनियोजन भएको चिमखोला देखि काली बराह पदमार्ग र रु. आठ लाख बजेट बिनियोजन भएको धवलागिरी गाउँपालिका–४ को खिवाङ–चेचुङ पदमार्ग निर्माणाधिन रहेको छ । रु. पाँच/पाँच लाख बजेट रहेको बेनी नगरपालिकाको बराहपाखो पदमार्ग, लभ्लिडाडा घेराबार र सनातन धार्मिक आश्रम घेराबार तथा उद्यान निर्माण योजना कार्यान्वयनको चरणमा रहेका एकिकृत सेवा कार्यालय म्याग्दीका प्रमुख सम्शेर घर्ती क्षेत्रीले बताए ।

मंगला गाउँपालिका–४ को गम्फाधुरी – दापु– छहरा पूर्वाधार, मालिकाको बिम तल्लो गाउँ मान्थान देखि प्रभुचेला पदमार्ग र मालिका धुरी आधुनिक पूर्वाधार योजना कार्यान्वयनको चरणमा छन् । रघुगंगा गाउँपालिकाको फुलडाडा पदर्मा, मुलपानी देखि भगवती स्वास्थ्यचौकी जैसिखोर, खइसे धौलागिरी आइसफल पदमार्ग डिपिआर र गायत्री मन्दीर उद्यान निर्माण योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको टिकोट –सोबन्ध पदमार्ग, मारका पदमार्ग, चित्रे हुदै घान्द्रुक देउराली पदमार्ग र फगाम–सुवा–दुवारी–मतिचौर पर्यटन पदमार्ग योजना निर्माणाधिन रहेका छन् । पर्यटनतर्फ हालसम्म १६ योजनाहरुको सम्झौता भइसकेको एकिकृत सेवा कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *