विश्व

एक लाख १९ हजार सिरियाली नागरिक लेबनानबाट स्वदेश फिर्ता : आइओएम

इजरायल र हेजबुल्लाहबीच पछिल्लो युद्ध सुरु भएयता छिमेकी देश लेबनानबाट करिब एक लाख २० हजार सिरियाली नागरिक स्वदेश फर्किएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकायको विस्थापन लेखाजोखा तथ्याङ्कका अनुसार, मार्च १७ सम्म एक लाख २५ हजार ७८४ व्यक्ति इजरायल र लेबनानबीच युद्ध सुरु भएदेखि सिरिया प्रवेश गरेका छन्, जसमध्ये लगभग एक लाख १९ हजार सिरियाली हुन्।

सन् २०११ देखि सुरु भएको गृहयुद्धबाट भागेका करिब १० लाख सिरियालीहरूको आश्रय रहेको लेबनान तेहरान समर्थित लडाकू समूह हेजबुल्लाहले यही मार्च २ मा सुरू भएको अमेरिका–इजरायली हमलाको बदला लिन इजरायलविरूद्धको आक्रमणमा संलग्न भएको थियो ।

इजरायलले लेबनानमा तीव्र आक्रमण र दक्षिणी क्षेत्रमा स्थलगत कारबाहीको साथ प्रतिक्रिया दिएको छ । इजरायली स्वास्थ्य मन्त्रालयले मङ्गलबार चार सिरियाली मारिएको बताएको छ।

सिरिया अहिलेसम्म क्षेत्रीय युद्धबाट बाहिर रहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका अनुसार सन् २०२४ मा इरान र हेजबुल्लाहको समर्थनमा रहेका बशर अल–असदको पतनपछि गत वर्ष पाँच लाखभन्दा बढी सिरियालीहरू लेबनानबाट फर्किएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *