धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा घरायसी विवादका क्रममा रामबहादुर मगरले आफ्नी पत्नी संजिता मगरलाई गोली हानी हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार, ३१ वर्षीय रामबहादुर बाख्रा चराउन जाँदा २८ वर्षीया संजिता मगरको हत्या गरेका हुन्।
हत्यापछि उनले सोही भरुवा बन्दुकबाट आफूमाथि पनि गोली हानेका छन्। घाइते भएका रामबहादुरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।




