देश

रास्वपा प्रशिक्षणको सुरुआती दिन: शीर्ष नेतृत्व अनुपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले नवनिर्वाचित सांसदहरूका लागि दुईदिने आवासीय अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिप मा मंगलबार सुरु भएको कार्यक्रममा उपसभापतिद्वय स्वर्णिम वाग्लेडीपी अर्याल ले घण्टी बजाएर उद्घाटन गरेका हुन्।

तर कार्यक्रमको पहिलो दिन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएनन्। महामन्त्री कबिन्द्र बुर्लाकोटी का अनुसार दुवै नेता बुधबार हुने समापन सत्रमा सहभागी हुने अपेक्षा गरिएको छ। लामिछाने स्वास्थ्य अवस्थाका कारण अनुपस्थित रहेका छन् भने शाह नयाँ सरकारको ढाँचा तयार पार्ने कार्यमा व्यस्त रहेको जनाइएको छ।

अभिमुखीकरण कार्यक्रममा संसदीय राजनीति, कानुन निर्माण प्रक्रिया, नीति विश्लेषण, पार्टी रणनीति तथा सांसदको भूमिका सम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ।पार्टीका प्रवक्ता मनिष झा का अनुसार कार्यक्रमको उद्देश्य सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी जनप्रतिनिधिका रूपमा तयार पार्नु हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *