राजनीति

वाचापत्र दोहोर्‍याएर पढ्न नवनिर्वाचित सांसदहरूलाई उपसभापति अर्यालको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति स्वर्णिम वाग्ले ले नवनिर्वाचित सांसदहरूलाई जनताले दिएको जनादेशलाई गम्भीर जिम्मेवारीका रूपमा लिन आग्रह गरेका छन्। अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उनले सांसदहरूलाई पुनः अध्ययनमा केन्द्रित हुन सुझाव दिँदै पार्टीका नीति, धारणा र वाचापत्रलाई बारम्बार पढ्न निर्देशन दिए। “अब फेरि सिकाइको चरणमा फर्किनुपर्छ,” उनले भने।

वाग्लेले व्यक्तिगत समस्या समाधानभन्दा प्रणाली सुधारतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। उनका अनुसार जनताले दिएको मत केवल सत्ता प्राप्तिका लागि नभई व्यवस्था सुधारका लागि प्रयोग हुनुपर्छ। उनले सांसदहरूको मुख्य भूमिका कानुन निर्माण भएको स्पष्ट पार्दै सरकारका कामको निगरानी गर्ने ‘वाचडग’ को जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण रहेको बताए। साथै, आफ्ना निर्वाचन क्षेत्रका जनताका मुद्दा सशक्त रूपमा उठाउनुपर्ने उनको भनाइ थियो।

विकास निर्माणप्रतिको जनअपेक्षा तीव्र रहेको उल्लेख गर्दै उनले त्यसलाई सम्बोधन गर्न सक्रिय हुन सांसदहरूलाई आग्रह गरे। “विकासको गतिलाई समातेर अघि बढ्नुपर्छ,” उनले भने। वाग्लेले बहुमतसँगै जिम्मेवारी पनि बढेको स्मरण गराउँदै सांसदहरूलाई सजग र उत्तरदायी बन्न आग्रह गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *