काठमाडौं । रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति समेत रहेका लामिछानेलाई पिसाबको संक्रमणका कारण निरन्तर ज्वरो आएपछि केही दिनअघि अस्पताल भर्ना गरिएको थियो।
स्वास्थ्य अवस्थामा सुधार देखिएपछि चिकित्सकको सल्लाहअनुसार सोमबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको पारिवारिक स्रोतले जनाएको छ।
अस्पतालमै उपचाररत रहँदा पनि उनले आइतबार बसेको पार्टीको सचिवालय बैठकमा भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए। उपचारका क्रममा अस्पतालमा सीमित व्यक्तिहरूलाई मात्र भेटघाटको अनुमति दिइएको थियो।




