देश

ग्लोबल मनि वीकको अवसरमा ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता अभियान

काठमाडौं । ग्लोबल आइएमई बैंक ले ‘ग्लोबल मनि वीक २०२६’ को अवसर पारेर विद्यार्थी तथा युवालाई लक्षित गर्दै देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ। बैंकले “स्मार्ट मनी टक्स” भन्ने मुख्य नारालाई आत्मसात् गर्दै मार्च १६ देखि २२, २०२६ सम्म सातै प्रदेशमा सप्ताहव्यापी रूपमा वित्तीय तथा डिजिटल साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गर्ने जनाएको छ।

यस अभियानअन्तर्गत बैंकका विभिन्न शाखा कार्यालयमार्फत बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगीबाट जोगिने उपाय तथा वित्तीय अनुशासनबारे जानकारी प्रदान गरिनेछ। बैंकले वित्तीय सचेतना विस्तारका लागि विभिन्न शैक्षिक सामग्री उत्पादन गरी आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गर्ने योजना बनाएको छ।

वित्तीय साक्षरता अभिवृद्धि गर्न बैंकले हरेक वर्ष आफ्ना शाखामार्फत यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। चालु आर्थिक वर्षमा मात्रै बैंकका ७० भन्दा बढी शाखाले यस्ता कार्यक्रम सम्पन्न गरिसकेका छन्। हाल ग्लोबल आइएमई बैंक का देशभर ३५२ शाखा, ३७९ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन्।

यस बैंकलाई ‘Global Finance Best Bank Award’ र ‘Euromoney Awards for Excellence’ अन्तर्गत नेपालकै उत्कृष्ट बैंकको सम्मान प्राप्त भएको छ। साथै बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट समेत फरक–फरक विधामा पुरस्कार प्राप्त गर्दै आएको छ।

बैंकले नेपालका सबै ७७ जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरी बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशबाट रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *