देश

काठमाडौंमा मिटरब्याज पीडकविरुद्ध प्रदर्शन, तत्काल कारबाहीको माग

काठमाडौं । काठमाडौंमा सोमबार ५ सयभन्दा बढी मिटरब्याज पीडितले शान्तिपूर्ण प्रदर्शन गर्दै मिटरब्याज पीडकविरुद्ध कडा कारबाहीको माग गरेका छन्।

भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा नियन्त्रणमा लिइएका पीडकहरू शान्ति तिवारी, विनय टिवटेवा लगायतलाई तत्काल कानूनी कारबाही गर्न सरकारसँग आग्रह गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

पीडित मञ्जु श्रेष्ठले भने, “हामी यस्ता कुख्यात मिटरब्याजीहरूलाई निर्मूल पार्नुपर्छ। यिनलाई हदैसम्म कारबाही गर्नुपर्छ। हामी यहाँ ५ सय जना भन्दा बढी पीडित छौं, तर ४५ जनाले मात्र उजुरी दर्ता गरेका छौं।”

सुनिता चापागाईँ खतिवडाले पनि सरकारले ठगीमा संलग्न गिरोहलाई उन्मुक्ति नदिनुपर्ने जोड दिँदै, अनुसन्धान प्रक्रिया अघि बढाइरहेकोमा नेपाल सरकार, जिल्ला अदालत र प्रहरीलाई धन्यवाद दिइन्।

कानूनी प्रक्रिया सुरु भए पनि पीडकहरूलाई तत्काल दण्ड दिनुपर्ने माग गर्दै पीडितहरूले निरन्तर दबाब दिने चेतावनीसमेत दिएका छन्। केही वर्षयता नेपालमा मिटरब्याज पीडितहरूले न्याय पाउने प्रयत्नका लागि प्रदर्शन गर्दै आएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *