काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई संसदीय अभ्यास र पार्टी नीति सम्बन्धी प्रशिक्षण दिने कार्यक्रम घोषणा गरेको छ।
महामन्त्री कवीन्द्र बुर्लाकोटी का अनुसार, आगामी चैत्र ३ र ४ गते काठमाडौंमा दुई दिने अभिमुखीकरण प्रशिक्षण आयोजना गरिनेछ।
कार्यक्रममा सहभागी हुन सबै नवनिर्वाचित सांसदहरूलाई चैत्र ३ गते बिहान ९ बजेभित्र तोकिएको स्थानमा उपस्थित हुन अनुरोध गरिएको छ। प्रशिक्षणमार्फत सांसदहरूलाई संसदीय प्रक्रिया, पार्टी नीति, र आगामी कार्यदिशाबारे विस्तृत जानकारी दिइने जनाइएको छ।
रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सांसद जितेका थिए, जसलाई लक्षित गर्दै यो अभिमुखीकरण प्रशिक्षण सञ्चालन हुने भएको छ।




