देश

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव श्रेष्ठ राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन्। प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले उनलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनीत गरेकी हुन्।

कोषको संरक्षकको हैसियतमा प्रधानमन्त्रीले अध्यक्ष मनोनीत गर्नसक्ने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेकी हुन्।

श्रेष्ठ आगामी पाँच वर्षका लागि अध्यक्षमा मनोनीत भएका हुन्। उनी यसअघि प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत थिए।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *