देश

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस

काठमाडौँ ।सरकारले रिक्त रहेको एक जना राष्ट्रियसभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित वामदेव गौतमको कार्यकाल सकिएसँगै एक सदस्यको स्थान रिक्त छ। त्यसैमा उनलाई नियुक्त गर्न सरकारले सिफारिस गरेको हो।स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रिय सभामा तीन जनालाई मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपतिबाट सदस्यमा मनोनीत गर्ने संवैधानिक प्रावधान छ । सङ्घीय संसद्मा माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्षको रहने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको एक तिहाइ सदस्यको गत माघ ११ गते निर्वाचन भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *