देश

प्रतिनिधिसभा चुनावपछि कांग्रेसको पहिलो केन्द्रीय बैठक सुरु

काठमाडौँ ।प्रतिनिधिसभा निर्वाचनपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा सुरु भएको बैठक दिउँसो १ बजेका लागि डाकिएको भए पनि करिब एक घण्टा ढिला भएको थियो।

बैठकमा समानुपातिक बन्दसूचीका उम्मेदवारमध्ये दलले प्राप्त सिटको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्ने बताइएको छ।

यसअघि प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ २० सिट पाउनेछ । निर्वाचनमा कांग्रेसले पहिलोपटक आधाभन्दा कम सिट प्राप्त गरेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *