काठमाडौं । पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की गुण्डु पुगेकी छन् ।
कार्कीले दिवंगत पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरिन् ।
केपी ओलीका पिताको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरस्थित नेपाल-कोरिया मैत्री अस्पतालमा निधन भएको थियो ।




