विश्व

हमासद्वारा इरानलाई छिमेकी देशहरू लक्षित आक्रमण रोक्न आग्रह

प्यालेस्टिनी इस्लामवादी आन्दोलनरथ समुह हमासले शनिबार इरानलाई छिमेकी देशहरू लक्षित आक्रमण रोक्न आह्वान गरेको छ । यसैबीच तेहरानको इजरायल र संयुक्त राज्य अमेरिका विरुद्ध आफ्नो रक्षा जारी राख्ने अधिकारको पुष्टि गरिरहेको छ ।

अन्तर्राष्ट्रिय नियम र कानुन अनुसार सबै उपलब्ध माध्यमबाट यस आक्रमणको जवाफ दिने इस्लामिक गणतन्त्र इरानको अधिकारको पुष्टि गर्दै, छिमेकी देशहरूलाई लक्षित नगर्ने आग्रहका साथ हमासले विज्ञप्ति जारी गरेको छ ।
गाजामा इजरायलसँग विनाशकारी दुई वर्षको युद्ध लडेको हमासले युद्धलाई तुरुन्तै रोक्न आह्वान गरेको छ ।

यस समूहले पहिले युद्धको पहिलो दिन इरानका सर्वोच्च नेता अली खामेनीको हत्यालाई “जघन्य अपराध“ भनी निन्दा गरेको थियो भने प्यालेस्टिनी आन्दोलनलाई लामो समयदेखि समर्थन गरेको खुलेर स्वीकार गरेको थियो ।

उच्च अमेरिकी र इजरायलीआक्रमणको सामना गरे तापनि इरानले कम्तिमा १० वटा देशहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेर जवाफ दिएको छ ।

कतारले राजधानी दोहामा विस्फोटको आवाज सुने पछि शनिबार दुईवटा क्षेप्यास्त्र रोकेको र अधिकारीहरूले केही क्षेत्र खाली गरेको बताएको छ ।

खामेनीको हत्यापछि हेजबुल्लाह लडाइँमा प्रवेश गरेको थियो र त्यस बेलादेखि इजरायली आक्रमणले लेबनानमा करिब ८०० जनाको ज्यान लिएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *