देश

पिताको निधनमा बालेनको समवेदना, पिता जीवनका सबैभन्दा ठूलो संरक्षक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह ९बालेन०ले दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गर्दै उनले दिवंगत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। बालेनले पिताको अभावले जीवनमा गहिरो रित्तोपन ल्याउने उल्लेख गर्दै पिता मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण सहारा हुने बताएका छन्।

“पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन। पात्र एउटै भए पनि उहाँका भूमिका अनेक हुन्छन्,” उनले सामाजिक सञ्जालमा लेखेका छन्। उनले पूर्वप्रधानमन्त्री ओलीप्रति पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना पनि गरेका छन्। पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार ९७ वर्षको उमेरमा भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *