देश

कांग्रेसले भोलि २० समानुपातिक सांसदको नाम आयोगमा बुझाउने

काठमाडौं । नेपाली कांग्रेसले भोलि निर्वाचन आयोग मा समानुपातिकतर्फका सांसदहरूको नाम बुझाउने भएको छ।

बन्दसूचीमा रहेका नामबाट क्लस्टर मिलाएर भोलिसम्ममा नाम पठाउने विषयमा पार्टीभित्र छलफल भइरहेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिएका छन्।उनका अनुसार अहिलेसम्म पठाइने व्यक्तिहरूको नाम टुङ्गिएको छैन।

उनले भने, “क्लस्टर मिलाएर सबैको प्रतिनिधित्व हुने गरी मिलाएर हामीले आयोगमा नाम बुझाउने तयारी गरेका छौँ। भोलिसम्ममा पठाउँछौँ। अहिलेसम्म नाम टुङ्गिएको छैन।”

उनले अहिले पार्टी समानुपातिकतर्फ आयोगमा बुझाउने नामको विषयमा गृहकार्यमा केन्द्रित रहेको बताए।

प्रत्यक्षतर्फ १८ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत ल्याएर कुल ३८ सीट प्राप्त गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *