विश्व

स्ट्रेट अफ हर्मुजलाई निरन्तर अवरुद्ध राख्ने इरानका नयाँ सर्वोच्च नेताको भनाई

इरानका नयाँ सर्वोच्च नेताको स्ट्रेट अफ हर्मुजलाई निरन्तर अवरुद्ध राख्ने प्रतिबद्धता जनाएका छन् । उनको वक्तव्य सरकारी टेलिभिजनमार्फत् पढेर सुनाइएको थियो ।

सत्ता सम्हालेपछि आएको उनको पहिलो वक्तव्यमा स्ट्रेट अफ हर्मुजलाई निरन्तर अवरुद्ध राख्ने प्रतिबद्धता पनि समावेश छ । हालै इरानको नयाँ सर्वोच्च नेताको रूपमा मोज्तबा खामेनेईको नाम घोषणा गरिएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका थिए। उनी अमेरिकी र इजरायली आक्रमणको पहिलो चरणमै तेहरानस्थित निवास परिसरमा मारिएका आयातोल्लाह अली खामेनेईका छोरा हुन् ।

पिताको उत्तराधीकारी बनेयता मोज्तबा खामेनेई सार्वजनिक रूपमा देखिएका छैनन्। त्यसले गर्दा उनी घाइते भएको वा मारिएको पनि हुन सक्ने अड्कलबाजी भइरहेको बीबीसी पर्सिअनले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *