देश

एमाले अध्यक्ष ओलीलाई पितृशोक

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।

ओलीका बुबा मोहन ओलीको गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ रहेको बताइएको छ ।

उनको पार्थिव शरीरलाई ओली निवास गुण्डु लैजाने तयारी गरिएको छ र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *