देश

महावीर पुनमाथि अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा कास्की, पोखरा बस्ने विकास गुरुङ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले वडा नं। ९, महेन्द्रपुलबाट ४३ वर्षीय गुरुङलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी अभिलेख अनुसार गुरुङ यसअघि तीन पटक लागुऔषध मुद्दामा सजाय भोगिसकेका छन्।

पक्राउ पर्ने घटना पृथ्वीचोकस्थित महावीर पुनको टिमले बिक्री गर्दै आएको “महावीर पुन सम्झना, सपना र अविरल यात्रा” पुस्तकको कार्यक्रममा भएको थियो। कार्यक्रममा गुरुङले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका थिए। घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *