देश

गोरखाका दुर्गम बस्तीमा सञ्चार पहुँच बढाउन सुधन गुरूङको पहल

काठमाडौं। नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुधन गुरूङले गोरखाका दुर्गम क्षेत्रमा सञ्चार सुविधा विस्तारका लागि नेपाल टेलिकमलाई औपचारिक माग पेश गरेका छन्। बिहीबार नेपाल टेलिकमको केन्द्रीय कार्यालय पुगेका गुरूङले आरुघाट, बागुवा, फिनाम, थुमी, माझिखोला, डुल, सिरानचोक, लिथोडाँडा लगायत करिब ११ भन्दा बढी स्थान अझै सञ्चार पहुँचबाहिर रहेको पत्रमा उल्लेख गरेका छन्।

सञ्चार सुविधा अभावका कारण ती क्षेत्रका बासिन्दा सूचना आदानप्रदान, आकस्मिक सेवा लिन र विद्यार्थीहरु पढाइमा कठिनाइ भोगिरहेका छन्। गुरूङले पत्रमार्फत ती क्षेत्रमा तत्काल टावर जडान गरी जनतालाई सञ्चार पहुँच दिलाउन आग्रह गरेका छन्। उनको पहलपछि नेपाल टेलिकमले प्राविधिक सर्वेक्षण गरी छिट्टै नेटवर्क विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। यसरी नयाँ सांसदले आफ्नो कार्यकालको सुरुवातमै जनताको आधारभूत समस्या समाधानमा सक्रियता देखाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *