देश

सर्वोच्चको अन्तरिम आदेशपछि किशोरी साहको उम्मेदवारी कायम

काठमाडौं। सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सारंगा सुवेदीको इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा आदेश जारी गरेको हो।

साहले आफ्नो नाम गलत ढंगले कालोसूचीमा राखिएको दाबी गर्दै अदालतमा रिट दायर गरेका थिए। यस आदेशसँगै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय निष्प्रभावी हुने र उम्मेदवारी यथावत रहने भएको छ। यस निर्णयपछि धनुषा–१ मा साहले पाउने मत वैध रहने र निर्वाचन प्रक्रियामा अस्थायी स्थिरता आउने भएको छ। अदालतले अन्तिम फैसला आएपछि मात्रै स्थायी निर्णय आउने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *