देश

प्रतिनिधि सभा निर्वाचनमा खटिएका काठमाडौंका निर्वाचन प्रहरीलाई बिदाइ

काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौंमा खटिएका निर्वाचन प्रहरीलाई बिहीबार तीनकुनेस्थित प्रहरी वृत्तबाट बिदाइ गरिएको छ। प्रहरी अधिकारीहरूले उनीहरूलाई टिका र खादा लगाएर सम्मानपूर्वक बिदाइ गरेका हुन्।

देशभर भएको निर्वाचनमा कुल ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी परिचालित थिए। यसमा नेपाली सेना ७९ हजार ७२७, नेपाल प्रहरी ७५ हजार ५९७, सशस्त्र प्रहरी ३४ हजार ५७६ र निर्वाचन प्रहरी १ लाख ३० हजार ९८० रहेका थिए।

सशस्त्र प्रहरी मातहत १५ हजार ११० निर्वाचन प्रहरी परिचालन थिए भने १ हजार ९२१ गुप्तचर पनि निर्वाचन कार्यमा खटिएका थिए।

निर्वाचन प्रहरीहरूलाई बिदाइ गर्दै प्रहरी प्रशासनले उनीहरूको योगदानको प्रशंसा गर्दै आगामी निर्वाचनमा पनि सुरक्षाको जिम्मेवारीमा समान तत्परता देखाउने अपेक्षा व्यक्त गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *