देश

इराकमा अमेरिकी तेल ट्यांकरमा आक्रमण, एक भारतीय चालकको मृत्यु

इराक । बसरा नजिकै कच्चा तेल बोकेको अमेरिकी ट्यांकर ‘सेफसी विष्णु’ मा आक्रमण हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। बाँकी १५ भारतीय चालक दलका सदस्यहरू सुरक्षित रहेको इराकस्थित भारतीय दूतावासले जनाएको छ। दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म एक्स मार्फत जारी गरेको विज्ञप्तिमा घटनाको विवरण साझा गर्दै, इराकी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र मृतकको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको जनाएको छ।

आक्रमण कसले गरेको हो भन्ने विषयमा दूतावासले स्पष्ट पारेको छैन। घटनापछि जहाजमा रहेका चालक दललाई सुरक्षित स्थानमा लगाइएको र सबै सम्भावित सहयोग प्रदान गरिएको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *