देश

इनिसा विक हत्या प्रकरणमा छिटो छानबिनको माग, दोषीलाई कडा कारबाही गर्न प्रचण्डको आग्रह

काठमाडौं । सुर्खेतमा १६ वर्षीया इनिसा विकमाथि भएको जघन्य हिंसात्मक घटनाप्रति प्रतिक्रिया जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घटनाको शीघ्र र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। उनले दोषीलाई कानुनअनुसार कडा कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले उक्त घटनालाई अत्यन्तै दुखद र अमानवीय अपराधको रूपमा उल्लेख गरेका छन्। उनले बालिकामाथि भएको हिंसाले आफू गहिरो रूपमा मर्माहत भएको बताएका छन्। दाहालले मृतक इनिसा विकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन्। उनले यस्तो घटना दोहोरिन नदिन राज्य संयन्त्र गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले सरकार र सम्बन्धित निकायलाई घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान अघि बढाउन आग्रह गर्दै दोषीलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *