देश

जेनजी आन्दोलनमा जेलबाट नभागेका दीपक मनाङे डिल्लीबजार कारागारबाट छुटे

काठमाडौं । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे, जसलाई २०६१ सालमा चक्रे मिलनमाथि खुकुरी प्रहार गरेको आरोपमा पाँच वर्ष कैद सजाय सुनाइएको थियो, डिल्लीबजार कारागारबाट छुटेका छन्। सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरेपछि मनाङेले बाँकी कैद भुक्तान गरी बुधबार स्वतन्त्र भएका हुन्।जनेजी आन्दोलनको समयमा
हजारौँ कैदीहरु भाग्दा उनी कारागारबाट नभागी आफ्नो नैतिकता देखाएका थिए । सोही क्रममा उनको चौतर्फी प्रसंशा भएको थियो

मनाङेले २०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगञ्जस्थित चुफाङ रेस्टुरेन्टमा भएको ग्याङ फाइटमा चक्रे मिलनको बायाँ हात छिनाउने प्रहार गरेका थिए। उक्त घटनापछि चक्रेकी श्रीमतीले ज्यान मार्ने उद्योगमा मनाङेसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिइन्।

प्रहरी अनुसन्धानपछि मुद्दा काठमाडौँ जिल्ला अदालतमा दायर भएको थियो। जिल्ला अदालतले प्रारम्भमा उनलाई दुई वर्ष कैद सजाय सुनाएको थियो। तर, उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगको दोषी ठहर गर्दै पाँच वर्ष जेल सजाय सुनायो। अन्य चार अभियुक्तलाई उच्च अदालतले सफाइ दिएको थियो।

सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते उच्च अदालतको फैसला सदर गरेपछि मनाङेले कैद भुक्तान पूरा गरेका हुन्। यसअघि उनी फरार सूचीमा रहेका बेला सर्वोच्च अदालतबाट थुनामुक्त भएर मुद्दा लड्ने सुविधा पाएका थिए।

मनाङेले पटक(पटक दुई वर्ष आठ महिना कैद भुक्तान गरिसकेका थिए। बाँकी १ वर्ष ४ महिना जेल सजाय भुक्तान गर्दै उनले बुधबार डिल्लीबजार कारागारबाट स्वतन्त्र जीवनतर्फ फर्केका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *