देश

गृहमन्त्री अर्यालले सुरक्षा समितिलाई धन्यवाद, निर्वाचन स्वच्छ र भयरहित भएकोमा प्रशंसा

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। २७ फागुन काठमाडौंमा आयोजित भर्चुअल बैठकमा मन्त्री अर्यालले निर्वाचन व्यवस्थापनमा फिल्डदेखि केन्द्रसम्म सक्रिय रहेर आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेका सबै पदाधिकारीहरूलाई सामूहिक प्रयासको लागि विशेष प्रशंसा गरे।

गृहसचिव राजकुमार श्रेष्ठले सबै सुरक्षा निकायका कर्मचारीहरूले व्यावसायिक निष्‍ठा र जिम्मेवारीपूर्ण कार्यबाट अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट उच्च प्रशंसा पाएको जानकारी दिए। उनले निर्वाचनका दौरानको सुरक्षा व्यवस्थापन उत्कृष्ट भएको बताए। बैठकमा प्रदेश कमाण्ड पोष्ट र ७७ जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले आ–आफ्नो क्षेत्रको अनुभव साझा गर्दै निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन र त्रुटीरहित संचालनबारे विस्तृत समीक्षा प्रस्तुत गरे। उनीहरूले विगतका निर्वाचनसँग तुलना गर्दा यो निर्वाचन ऐतिहासिक रूपमा स्वच्छ, निष्पक्ष र भयरहित भएको उल्लेख गर्दै मन्त्री अर्यालको नेतृत्वको प्रशंसा गरे।

मन्त्री अर्यालले भने, “सहभागिता, साझा प्रयास र सबै तहका कर्मचारीहरूको प्रतिबद्धताले मात्र यो ऐतिहासिक उपलब्धि सम्भव भएको हो। संविधानले सहि मार्ग अपनाएको यस ऐतिहासिक क्षणमा सबैको योगदान महत्वपूर्ण छ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *