देश

बालेन शाहको चुनावी खर्च सार्वजनिक,कुल खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च,८ करोडको डिफेन्डर गायब

काठमाडौँ। काठमाडौं क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा विजयी भएका बालेन शाहले आफ्नो चुनावी अभियानमा गरिएको खर्चको विवरण निर्वाचन आयोगमा पेश गरी सार्वजनिक गरेका छन्।

उनले आयोगमा पेश गरेको विवरण अनुसार कुल खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ रहेको छ। यसमध्ये खाजा खर्चमा २८ हजार ९७० रुपैयाँ र पाँच पटक हवाई यात्रामा ३५ हजार रुपैयाँ खर्च भएको देखाइएको छ। हवाई यात्रामा प्रयोग भएको साधन – यात्रुवाहक जहाज हो वा हेलिकोप्टर – भन्ने विषय खुलाइएको छैन।

निर्वाचन ऐन २०७४ को दफा ७२ र निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिताअनुसार उनले आफ्नो सम्पूर्ण खर्चको विवरण समयमै आयोगमा पेश गरेको निवेदनमा उल्लेख गरिएको छ। पसन्द गरिएको शीर्षक अनुसार बालेनले आफ्नो खर्च विभिन्न शीर्षकमा वर्गीकृत गरी आयोगमा प्रस्तुत गरेका छन्, जसमा प्रचार सामग्री, यातायात, सभा तथा कार्यक्रम सञ्चालन, र खानेपानी तथा खाजा खर्च लगायतका विवरण समावेश छन्।

यस सार्वजनिक विवरणले चुनावी पारदर्शिता सुनिश्चित गर्नका साथै उम्मेदवारको अभियान खर्चको हिसाब(किताब जनता र आयोग दुवैका लागि उपलब्ध हुने व्यवस्था गरेको छ।

बालेनको चुनावी खर्च : ८ करोडको डिफेन्डर गायब

झापा–५ बाट निर्वाचित रास्वपा नेता बालेन शाहले निर्वाचन आयोगलाई १४ लाख १७ हजार रुपैयाँको खर्च विवरण बुझाएका छन्।

बालेनले घरदैलोमा ५ लाख ८० हजार र गाडी भाडामा २ लाख ९३ हजार खर्च देखाएका छन्। तर चुनावी प्रचारमा प्रयोग भएको ८ करोड मूल्यको ल्याण्डरोभर डिफेन्डर खर्च विवरणमा समावेश छैन।

उनले हवाई यात्रा ३५ हजार, कार्यालय सञ्चालन १ लाख २० हजार, प्रचार सामग्री छपाइ १ लाख ५७ हजार, ब्यानर–स्टिकर १ लाख १९ हजार र मतदाता प्रशिक्षणमा २८ हजार खर्च गरिएको जानकारी आयोगमा दिएका छन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *