जनकपुरधाम ।महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौरी कुमारी निर्वाचित भएकी छन्।
उनी ३० हजार १३२ मत ल्याएर निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार सुरेन्द्रकुमार यादवले ८ हजार ७४२ मत प्राप्त गरेका छन्। यादव २०७९ को निर्वाचनमा पनि यस क्षेत्रबाट पराजित भएका थिए।
नेपाली कांग्रेसका महेन्द्र कुमार रायले ६ हजार ९४४ मत प्राप्त गरे। उनी यसअघिको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएका थिए।
यस्तै, नेकपा एमालेकी निलम कुमारी अधिकारीले ६ हजार १९२ मत पाएकी छन् भने मधेस प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार रहेका भरतप्रसाद साहले ५ हजार ३३६ मत प्राप्त गरेका छन्।




