देश

दोलखामा रास्वपाका खरेल विजयी

काठमाडौं। दोलखा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश खरेल निर्वाचित भएका छन् ।

उनले ३२ हजार ३७६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेकपा (एमाले)का पार्वत गुरूङले १७ हजार ४४९ प्राप्त गरे ।

साथै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) विशाल खड्काले १३ हजार ६५ र नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २९८ मत प्राप्त गरेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *