देश

साम्पाङको जितमा बालेनले भने—‘माया सधैँ थियो, छ र रहनेछ’

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट विजयी भएपछि  बालेन्द्र शाह (बालेन)ले बधाई दिएका छन्।

साम्पाङले चुनाव जितेको भन्दै सामाजिक सञ्जालमा गरेको पोस्टमा टिप्पणी गर्दै बालेनले उनीप्रति सधैँ माया रहने बताएका हुन्।

उनले लेखेका छन्, “तपाईंलाई सधैँ माया थियो, छ र रहन्छ। तपाईं र धरानलाई सधैँ माया छ।”

जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री बनाउन समर्थन मागेको भन्दै साम्पाङले बालेनको आलोचना गर्दै आएका थिए। तर बालेनले भने पटक–पटक साम्पाङप्रति आफूलाई सधैँ माया र सम्मान रहेको बताउँदै आएका छन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *