देश

जेनजी प्रदर्शनबारे जाँचबुझ आयोगले प्रतिवेदन बुझाउन सिंहदरबार पुगे

काठमाडौँ ।पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगका पदाधिकारीहरू असोज ५ मा भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे प्रतिवेदन बुझाउन सिंहदरबार पुगेका छन्।

सरकारद्वारा गठन गरिएको आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका छन्। आयोगले यसअघि घटनासँग सम्बन्धित सरकारी अधिकारी तथा आन्दोलनका प्रत्यक्षदर्शीहरूको बयान संकलन गरेको थियो।

प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइने तयारी गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *