काठमाडौँ ।पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जेनजी प्रदर्शन जाँचबुझ आयोगले आइतबार बिहान ११ बजे आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउने भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार आयोगका पदाधिकारीहरूले प्रतिवेदन बुझाउने कार्यक्रम तय गरेका छन्।
सरकारले असोज ५ गते भदौ २३–२४ मा भएको जेनजी प्रदर्शनको घटनाबारे अनुसन्धान गर्न आयोग गठन गरेको थियो। आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका छन्।
आयोगले भदौ २३ मा काठमाडौँको बानेश्वरमा भएको प्रदर्शनमा युवाहरूको ज्यान जानेगरी भएको घटनाबारे १५० भन्दा बढी सरकारी अधिकारी र प्रत्यक्षदर्शीहरूसँग बयान लिएको थियो। त्यो समयमा केपी शर्मा ओली नेतृत्वको सरकार कार्यरत थियो। गृह मन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ, र काठमाडौँका प्रजिअ छविलाल रिजाल पदमा थिए।




